काठमाडौं । ‘अनर एक्स७सी’ ले उत्कृष्ट फोन बजारमा ल्याएको छ । यो फोनमा आजश्यक सबै सुविधा र थप विशेषताहरू ग्राहले पाउने जनाइएको छ । लामोसमयसम्म टिक्ने ब्याट्री, ठूलो स्टोरेज, राम्रो क्वालिटीको फोटोग्राफीसहित पहिलाका सेटहरुमा भन्दा केही थप फिचर यसमा पाउन सकिने जनाइएको छ ।
कम्पनीले भनेको छ, ‘हामी तपाईँलाई ५९ स्टार ड्रप प्रतिरोध (१.५ मिटर), ३६० (डिग्री एन्टी) ड्रप प्रोटेक्शन, धुलो र पानी प्रतिरोधी र रेटिङ सहितको स्मार्टफोन दिन्छौं।’
यसमा ६००० एमएएच ब्याट्री रहेको छ। जसले गर्दा बारम्बार चार्ज गर्न पर्ने झन्झट हुँदैन। ३०० प्रतिशतसम्म ठूलो आवाज दिने डुअल स्टीरियो स्पिकर पनि यो मोबाइलमा उपलब्ध छ । यो फोनमा अल्ट्रा (पावर) सेभिङ्ग मोड प्रयोग गर्दा, मात्र २ प्रतिश ब्याट्रीमा पनि ७५ मिनेटसम्म कल गर्न सकिनेछ।
यो धेरै विशेषतासहितको स्मार्टफोनले ग्राहकले सोचेभन्दा बढी कुरा प्रदान गर्ने कम्पनीको दाबी छ । प्रयोग गरेपछि यसका थप विशेषताहरू पत्ता लाग्ने बताएको छ। यी सबै विशेषतासहितको ‘अनर एक्स७सी’ हाल अफरसहित उपलब्ध छ । यसको आधिकारिक लन्च मिति ११ नोभेम्बर २०२४ मा थियो।
यसको जम्मा मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। यो दराजलगायत विभिन्न अनलाई स्टोरहरुबाट पनि किन्न सकिनेछ। यो फोन किन्ने सुरुका २ हजार व्यक्तिले निःशुल्क स्मार्टवाच पाउने पनि व्यवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस्