काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बिलबिजक विवाद समाधानका लागि अध्ययन तथा पुनःगणना गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । समितिको संयोजक राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरविन्द मिश्रलाई तोकिएको हो ।
समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगद्वारा सिफारिस गरिएका सुझाव र मन्त्रिपरिषद्का निर्णयका आधारमा पहिलेका बिलबिजकलाई टाइम अफ डे (टीओडी) मिटरिङः प्रणालीको आधारमा पुनः गणना गर्नेछ । यदि पुराना बिलमा कुनै त्रुटि भेटिएमा, ती सच्याउने अधिकार समितिलाई दिइएको छ । अध्ययन टोलीमा प्राधिकरणका एक जना पूर्वकर्मचारी र एकजना चार्टर्ड एकाउन्टेन्ट समेत समावेश गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्