काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडको दशौं वार्षिक साधारणसभा मंसिर २८ गते शुक्रबार बस्दैछ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित लसरा रिसेप्सन्स् प्रा. लि. मा अपरान्ह ४ बजे सभा बस्ने निर्णय गरेको हो ।
सभामा हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर ५.६३१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
साथै प्रबन्त्रपत्र तथा नियमावलीमा आवश्यक दफा संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते एक दिन बुक क्लोज गर्नेछ । यसर्थ मंसिर १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्