काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा एकै पटक बोलाएको छ । कम्पनीले आफ्नो १० औं र ११औं वार्षिक साधारणसभा पुस ५ गतेका लागि बोलाएको हो ।
सभा कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ९ बजे शुरू हुनेछ । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले आर्थिक वर्ष (आव) २०७९/८० र २०८०/८१ को वार्षिक प्रतवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्दा सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्नेछ ।
साथै गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ । त्यसैगरी सञ्चालकको सेवा सुविधाबारे पनि छलफल गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा आवश्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको आधारमा मंसिर २६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्