Skip to content
Prabhu

१ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ३ लाखले बढ्यो

nabil

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा असोज महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ३ लाखले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौको तुलनामा करिब ३ लाखले प्रयोगकर्ताको संख्या बढेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या २ करोड ५५ लाख २४ हजार १८९ पुगेको छ । भदौ महिनासम्म यो संख्या २ करोड ५२ लाख ७ हजार १२२ थियो । यही अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ता भने ३९ हजारले बढेका छन् । गएको भदौसम्म इन्टरनेट बैंकिङका प्रयोगकर्ता १९ लाख ८६ हजार ८१७ थिए ।

असोजमा त्यो संख्या २० लाख २६ हजार ५२४ पुगेको छ । त्यसैगरी असोजसम्म डेबिट कार्ड बोक्नेको संख्या १ करोड ३१ लाख ६१ हजार ४५९ छ । क्रेडिड कार्डका प्रयोगकर्ताको संख्या भने २ लाख ९६ हजार ८६४ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal