Skip to content

रिडी पावरको २३ औं साधारण सभा सम्पन्न

nabil bank

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २३औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको २३ औं साधारणसभा होटल क्रिष्टल पशुपति गौशालामा सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार ३१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋण अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले विशेष प्रस्तावहरुमा कम्पनीको स्वामित्व रहेको साझा पावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ लगानी स्वीकृत गर्ने, कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संसोशन आवश्यक भएमा सो कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको गाडी स्क्राप लगायत अन्य सेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ ।

त्यसै गरी सभाले सन्तोष अधिकारीलाई संचालक समितिमा समेत अनुमोदन गरेको छ । सभामा ११ जना सेयरधनीले आफ्नो मन्तव्य राखेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi