Skip to content

स्टाफ नर्सका लागि जागिर खुल्यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अधययन संस्थान डीनको कार्यालयले ३२ जना स्टाफ नर्सका लागि जागिर खुलाएको छ । यस संस्थानअन्तर्गतका  शिक्षण अस्पताल, सेन्टर तथा केन्द्रमा स्टाफ नसैको अस्थायी पदमा करार सेवामा पदपुर्ती गर्न आवश्यक भएकाले तोकिए बमोजिम योग्यता इच्छुक नेपाली नागरिकहरुले देहाय बमोजिम हुने गरी आवेदन पेस गर्नहुन आह्वान गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय वा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भइ नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । हाललाई ३२ र पछि रिक्त रहेको दरबन्दीमा आवश्यकताअनुसार योग्यताक्रम अनुसार पदपुर्ती गर्न सकिने जनाइएको छ ।
यही मङ्सिर  नौ गतेदेखि २५ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुरमा २६ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । प्रत्येक आवेदकले १५ सय रुपैयाँ बुझाउनुपर्नेछ । महिलाको हकमा १८ वर्ष पूरा भए ४५ वर्ष र पुरुषको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi