Skip to content
Prabhu

सेयर बजार घटेर बन्द हुँदा मानुषी लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किट

nabil

काठमाडौं । बिहीबारको सेयर कारोबार बन्द हुँदा बजार घटेर बन्द भयो । अधिकांश कम्पनीको सेयर मुल्य घटेको दिन सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार बन्द हुँदा मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य २४९ रुपैयाँ ९० पैसाले घटेर २ हजार २४९ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा अपर स्याँङ्गे हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, उपर मादी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् । आज अपर स्याँङ्गे हाइड्रोको सेयर मूल्य ७६ रुपैयाँ २० पैसाले घटेर ८१० रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.६० प्रतिशतले कम हो ।

त्यस्तै आज कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६.८४ प्रतिशत अर्थात् ५७ रुपैयाँ ९० पैसाले घटेर ७८८ रुपैयाँ पुगेको छ । आज उपर मादी हाइड्रोको सेयर मूल्य पनि ५.२७ प्रतिशत अर्थात् ५५ रुपैयाँले घटेर ९८९ रुपैयाँ पुगेको छ । गुराँस लघुवित्तको सेयर मूल्य पनि आज १२५ रुपैयाँले घटेर २ हजार ४३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.८८ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal