काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवक्ताको जिम्मेवारी फेरिएको छ । नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्रवक्ता फेरेका हुन् ।
बोर्डको प्रवक्ताको जिम्मेवारी उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई दिएको छ ।
यही मंसिर १३ देखि नै लागू हुने गरी घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक डा.नवराज अधिकारी थिए ।
प्रतिक्रिया दिनुहोस्