काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जसमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्