म्याग्दी । बेनी–पुलाचौर पाँच किलोमिटर सडक ८२ लाख रुपैयाँको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्रे र ढलान भएको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि १ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्रे र एक सय मिटर ढलान भएको छ । एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ ।
बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको तीन करोड बजेटमध्ये एक करोड ५० लाख रुपैयाँको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताए।
प्रतिक्रिया दिनुहोस्