काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले पुस २२ गते रत्नपार्कस्थित ने.वि.प्रा. को सभाहलमा आठौं वार्षिक साधारणसभा बोलाएको हो ।
सभामा सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पेश गरिनेछ । यसका साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्