Skip to content
Prabhu

सेयर बजारमा आधाभन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको

nabil

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा धितोपत्र बजारमा उल्लेख्य वृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको देशको वर्तमान आर्थिक अवस्था अनुसार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको हो ।

तथ्यांक अनुसार २०८० सालको कात्तिक मसान्तसम्मा १८५२ दशमलव ०९ विन्दुमा रहेको नेप्से परिसूचक २०८१ कात्तिक मसान्तसम्ममा २७४८ दशमलव ७९ मा पुगेको छ । समीक्षा अवधिमा नेप्से परिसूचकमा ८९६ दशमलव ७० अंकले वृद्धि भएको छ । समीक्षा अवधिमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा २८ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ रहेको थियो, जसमा यो वर्ष १५ खर्ब २३ अर्ब ८९ करोडको वृद्धि देखिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

२०८१ कात्तिक मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । यीमध्ये, १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था, र ७ अन्य समूहका कम्पनी रहेका छन् ।
धितोपत्र बजार पुँजीकरणको हिस्सा हेर्दा, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५८.५ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीको हिस्सा १५.८ प्रतिशत, लगानी कम्पनीको ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.४ प्रतिशत, होटलको २.९ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत, र अन्य समूहको ९.२ प्रतिशत रहेको छ ।

बीमा कम्पनीहरूको बजार पुँजीकरण र सूचीकृत संस्थाहरूको सहभागिता उल्लेखनीय छ । यी कम्पनीहरूले पुँजी बजारको स्थायित्व र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा ५ अर्ब ८९ करोड बराबरको हकप्रद शेयर र १ अर्ब ९० करोड बराबरको म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal