Skip to content
Prabhu

सेयर बजार राताम्य भएको दिन १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । सोमबारको सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । जम्मा १५ कम्पनीको सेयर मूल्य मात्रै बढेको दिन एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य ३०० रुपैयाँले बढेर ३ हजार ३०० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा रहेको जोशी हाइड्रोपावरको सेयर मूल्य पनि प्रतिकित्ता ३६ रुपैयाँले बढेर ४५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७० प्रतिशतले धेरै हो ।

global
अर्घाखाँची सिमेन्ट

सोमबार कुमारी सफल योजनाको सेयर मूल्य पनि ५ प्रतिशत अर्थात् ०.४४ रुपैयाँले बढेर ९ रुपैयाँ २४ पैसा पुगेको छ । त्यस्तै आज नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ८ रुपैयाँ ९० पैसाले बढेर २३२ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.९८ प्रतिशतले बढी हो । आजको कारोबार बन्द हुँदा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य पनि ३.९७ प्रतिशत अर्थात ३५ रुपैयाँले बढेर ९१७ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal