काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले घटेर बन्द भयो । २२७ कम्पनीको सेयर मूल्य घटेको दिन दुई फाइनान्सको सेयर मूल्यमा भने उच्च गिरावट आएको छ ।
आज जानकी फाइनान्स र नेपाल फाइनान्सको सेयर मूल्यमा भारी गिरावट आएको छ । सोमबारको कारोबार बन्द हुँदा जानकी फाइनान्सको सेयर मूल्यमा सबैभन्दा बढी ९.५८ प्रतिशतले गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ९० पैसाले घटेर ८०१ रुपैयाँ पुगेको छ । त्यस्तै आज नेपाल फाइनान्सको सेयर मूल्यमा पनि ८१ रुपैयाँको गिरावट आएर १ हजार ६ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ७.४५ प्रतिशतले कम हो ।
त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि ५.९० प्रतिशत अर्थात् ८० रुपैयाँले गिरावट आएर १ हजार २७५ रुपैयाँ पुगेको छ । सोमबार स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि १२५ रुपैयाँले घटेर १ हजार ९९८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबार दिन भन्दा ५.८९ प्रतिशतले कम हो । अपर सोलु हाइड्रो इलेक्टिसीटी कम्पनीको सेयर मूल्य पनि ५.७४ प्रतिशत अर्थात् ३५ रुपैयाँले घटेर ५७५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्