काठमाडौं । बुधबारको कारोबार खुल्न वित्तिकै सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको २० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा १० प्रतिशतले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर मूल्य २७५ रुपैयाँले बढेको हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि २१ दशमलव ७१ अंकले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्