काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित साभारणसभा बोलाएको हो ।
कम्पनीको साधारणसभा पुस २९ गते सोमबारका लागि बोलाइएको छ । यस साधारण सभामा प्रमुख रूपमा निगमको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव र सर्वसाधारणमा सेयर विक्री गर्ने विषयमा छलफल गरिनेछ । उक्त प्रस्तावलाई पारित गर्ने निर्णय सभाले गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गर्नेछ र चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ती र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्