काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेर बन्द भएको छ । आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से परिसूचक १ अंकले घटेर २५८२ दशमलव २८ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २० अंकले घटेर ४४२ दशमलव ८७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ३७ कम्पनीका ४ हजार १४६ कित्ता सेयर ६५ पटक खरिद बिक्री हुँदा २१ लाख ९० हजार २८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्