Skip to content
Prabhu

सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा सपोर्ट माइक्राफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । दिउसो १२ बजेको कारोबार समयमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३६६ रुपैयाँले घटेर ३ हजार २९४ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि वा गिरावट भएमा सर्किट लागेर कारोबार रोकिन्छ ।

यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ५ दशमलव २२ अंकले बढेर २५८८ दशमलव ५२ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ९७ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal