Skip to content
Prabhu

आँधीखोलामा तटबन्ध निर्माण गर्दै भीरकोट नगरपालिका

nabil

वालिङ । यहाँको भीरकोट नगरपालिकाले आँधीखोलामा तटबन्ध निर्माणलाई प्राथमिकताकामा राखी काम सुरु गरेको छ ।

आँधीखोलाले बर्सेनि खेतीयोग्य उर्वर भूमि कटान गरेकाले रोकथाम तथा खोला नियन्त्रणका लागि नगरपालिकाले गौरवको योजनाका रुपमा तटबन्ध निर्माणलाई तीव्रता दिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा पालिकाका तर्फबाट तीन करोड ७६ विनियोजन गरी तटबन्ध निर्माण भइरहेको छ ।’

global
अर्घाखाँची सिमेन्ट
Hyundai

यस वर्ष खोलाको दुईतर्फ एक हजार ७७ मिटर लम्बाइको तटबन्ध निर्माण हुने जनाइएको छ । नगरपालिका तथा गण्डकी प्रदेशले छुट्टाछुट्टै स्थानमा खोला नियन्त्रणका लागि काम गरिरहेकाले आगामी वर्षदेखि तटबन्धले फाइदा पुग्ने उनको भनाइ छ । ‘खोलाको दुवै किनारामा तटबन्ध निर्माणपश्चात् करिडोर निर्माण गरी सवारी साधन सञ्चालन गर्ने योजना छ’, उनले भने, ‘खोलाको दुवै किनारामा तीन किलोमिटर तटबन्ध निर्माण हुन्छ, आगामी दुई वर्षसम्म बाँकी काम सम्पन्न हुन्छ ।’

भीरकोट नपाले गत आव २०८०÷८१ मा एक करोड ४८ लाख विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये ८८ लाखमा चार सय ३० मिटर निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर सरोज पराजुलीले बताए । आव २०७९÷८० मा पालिकामार्फत दुई सय ६० मिटर तटबन्ध निर्माण भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal