काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको हो ।
यो कम्पनीको सेयर मूल्य ४५ रुपैयाँले बढेर ४९५ रुपैयाँ पुगेको छ । समग्र बजार परिसूचक घटीरहेको भए पनि यो कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भएको हो । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक ३ दशमलव ७७ अंकले घटेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ९९ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्