काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी हरँदा पहिलो एक घण्टाको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा २१७ रुपैयाँ ५० पैसाले घटेर १ हजार ९५७ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।
कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि वा गिरावट आएको खण्डमा सर्किट लाग्ने गर्छ । यो अवस्थामा समग्र बजार परिसुचक सेमत ४ दशमलव ९९ अंकले घटेर २५८१ दशमलव २३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६४ करोड माथिको कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्