Skip to content
Prabhu

शेखर गोल्छाको हुलास फिनसर्भको वित्तीय सूचक सकारात्मक, सञ्चालन आय ५३ करोडमाथि

nabil

काठमाडौं । सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने तयारीमा जुटेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वित्तीय सूचकमा सुधार देखिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीको कुल सञ्चालन आय २०२४ मा ५३ करोड २० लाख रुपैयाँ पुगेको हो । जुन २०२३ मा ४८ करोड ८० लाखमा मात्र सीमित रहेको थियो ।

यो अवधिमा कम्पनीको मुनाफासमेत सुधार भएको छ । २०२३ मा कर तिरेपछिको मुनाफा ९० लाख रहेको कम्पनीको २०२४ मा यो संख्या बढेर १० करोड रुपैयाँ पुगेको छ । कर मुनाफा सन् २०२२ मा कम्पनीको १४ करोड ८९० लाख रहेको थियो । यता, नेटवर्थ २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ रहेको थियो भने सन् २०२४ मा १ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको छ । सन् २०२२ मा कम्पनीको नेटवर्थ १ अर्ब १९ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको कर्जा पोर्टफोलियो पनि उल्लेखनीय रूपमा बढेको छ । सन् २०२४ मा कर्जा पोर्टफोलियो ३ अर्ब ३३ करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल ऋण २०२३ मा १ अर्ब ३८ करोड ७० लाख रुपैयाँ रहेको छ भने २०२४ मा १ अर्ब ९३ करोड ५० लाख रुपैयाँ रहेको छ । यसको गियरिङ अनुपात २०२३ मा १.१७ x थियो, जुन २०२४ कोमा २.१० x पुगेको छ ।

कम्पनीको सम्पत्ति गुणस्तरमा सुधार भएको छ । २०२३ मा कुल गैर–प्रदर्शन ऋण ७.११ प्रतिशत पुगेको थियो भने २०२४ कोमा ५.७५ प्रतिशतमा सुधार ल्याएको छ। नेट एनपिएलको अनुपात २०२३ मा ३.२२ प्रतिशत थियो र २०२४ मा यो १.४४ प्रतिशत पुगेको छ ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको २०१२ मा स्थापित भएको थियो । यसको पहिलो नाम हुलास इन्वेस्टमेन्ट प्रालि राखिएको थियो। यो कम्पनी नेपालका विभिन्न क्षेत्रमा वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ । नेपालको वित्तीय उद्योगमा एक प्रमुख नामको रूपमा रहेको छ ।

हुलास फिनसर्भ लिमिटेडका प्रमुख संस्थापक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड हो । जसको प्रमुख हिस्सा ८५ प्रतिशत रहेको छ र यो कम्पनी नेपालमा बजाज बाइकको एकमात्र आधिकारिक डिलरको रूपमा कार्य गर्दै आएको छ ।

हुलास फिनसभको अन्य १५ प्रतिशत सेयरधनीमा हुलास अटो क्राफ्टका दुई पाङ्ग्राका र तीन पाङ्ग्राका वाहनहरूको असेंबलर र हिम इलेक्ट्रोनिक्स प्रालि (सामसङ्गको आधिकारिक वितरक) समावेश छन् । यो कम्पनी गोल्छा समूहसँगको सुदृढ सम्वन्धको कारण मजबुत बन्दै गएको छ । कम्पनीले ग्राहकलाई मोटरसाइकल, स्कुटर र अन्य दुई वा तीन पाङ्ग्राका सवारी साधनहरू खरीद गर्नका लागि हायर पर्चेज योजना प्रदान गर्छ। यसमा ग्राहकले साधनको मूल्यको केही अंश अग्रिम रूपमा भुक्तानी गर्नुपर्छ र बाँकी रकम किस्ता भुक्तानीका रूपमा समयानुसार तिर्नुपर्छ ।

कम्पनीका व्यवस्थापन प्रमुख शेखर गोल्छा रहेका छन्, जसको नेतृत्वमा हुलास फिनसर्भले आफ्नो वित्तीय कारोबारलाई निरन्तर रूपमा विस्तार र सुधार गर्दै आएको छ । कम्पनीले सर्वसाधारणका लागि २० लाख ७५ हजार कित्ता सेयर आईपीओ निष्कासनको तयारी गर्दै रहेको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal