Skip to content
Prabhu

सेयर बजारमा सामान्य अंकले बढेको दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । आइतबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४१ कम्पनीको सेयर मूल्य बढेर कारोबार बन्द भयो । बजार ५ अंकले बढेको दिन १४१ मध्ये ३ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आज उपकार लघुवित्त, दार्दी खोला जलविद्युत् कम्पनी र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी तीन कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनभन्दा १० प्रतिशतले वृद्धि भएको छ । आजको कारोबार बन्द उपकार लघुवित्तको सेयर मूल्य ४४० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ पुगेको छ ।
त्यस्तै दार्दी खोलाको सेयर मूल्य ५२ रुपैयाँ ८० पैसाले बढेर ५८० रुपैयाँ ८० पैसा पुगेको छ । ग्रीन भेन्चर्सको सेयर मूल्य पनि ४८ रुपैयाँ ५० पैसाले बढेर ५३३ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै, आज धेरै मूल्य बढ्ने शीर्ष पाँचभित्र दोल्ती पावर कम्पनी र सामुदायिक लघुवित्त छन् । आजको कारोबार बन्द हुँदा दोल्ती पावरको सेयर मूल्य ६७ रुपैयाँले बढेर ७७७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ९.४४ प्रतिशतले बढी हो । त्यस्तै सामुदायिक लघुवित्तको सेयर मूल्य ८.१८ प्रतिशत अर्थात् १७८ रुपैयाँले बढेर २ हजार ३५३ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal