Skip to content
Prabhu

यी पाँच कम्पनीका सेयरधनीले सबैभन्दा बढी गुमाए

nabil

काठमाडौं । आज सेयर बजार कारोबार बन्द हुँदा नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । परिसूचक ५ अंकले बढेको दिन नारायणी डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, जानकी फाइनान्स, नेपाल फाइनान्स र बोटल्स नेपाल (तराई) का सेयरधनीले सबैभन्दा धेरै गुमाएका हुन् ।

आजको कारोबार बन्द हुँदा नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले ८.८८ प्रतिशत अर्थात् ९२ रुपैयाँ ३० पैसाले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य आजको कारोबार बन्द हुँदा ९४७ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि ४५० रुपैयाँले घटेर ६ हजार १२० रुपैयाँ पुगेको छ। यो अघिल्लो कारोबारभन्दा ६.८५ प्रतिशतले कम हो ।

त्यस्तै आज जानकी फाइनान्सका सेयरधनीले पनि ६.३९ प्रतिशतले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ४७ रुपैयाँ ८० पैसाले घटेर ७०० रुपैयाँ पुगेको छ । त्यस्तै आइतबार नेपाल फाइनान्सका सेयरधनीले पनि ५.५३ प्रतिशतले गुमाए । यो कम्पनीको सेयर मूल्य ५८ रुपैयाँले घटेर ९९० रुपैयाँ पुगेको छ । आज बोटल्स नेपाल (तराई)को सेयर मूल्य ७४९ रुपैयाँ ८० पैसाले घटेर १३ हजार २४५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.३६ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal