Skip to content
Prabhu

लाभांश सिजन : ६५ हाइड्रोपावरको साधारणसभा घोषणा, २१ मात्रैले बोनस दिने, २६ को साधारणसभाकै छैन टुङ्गो

nabil

काठमाडौं । यो लाभांश वितरण गर्ने सिजन हो । नेप्सेमा सूचीकृत विभिन्न क्षेत्रका कम्पनीहरुले लाभांक घोषणा गरेर पारित गर्ने सयम हो यो । लाभांशको सिजनमा हालसम्म २१ वटा जलविद्युत कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत हाइड्रोपावरको संख्या ९१ वटा रहेको छ । हाइड्रो समूहका सूचीकृत भएका ९१ वटा कम्पनीमध्ये हालसम्म २१ वटाको मात्रै लाभांश घोषणा भएको छ । नेप्सेमा सूचीकृत भएका हाइड्रोपावरमध्ये हालसम्म ६५ कम्पनीले साधारण सभाको मिति घोषणा गरेका छन् । तिमध्ये २१ वटाले मात्रै लाभांश घोषणा गरेका हुन् ।

साधारणसभाको मिति घोषणा गरेकामध्ये ४४ कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने गरी सभाको मिति तोकेका छन् । त्यस्तै हालसम्म २६ कम्पनीले भने अझैसम्म पनि साधारणसभाको मिति समेत तोक्न सकेका छैनन् । हालसम्म साधारणसभा घोषणा गरेका र पुस मसान्तसम्ममा सभा सम्पन्न गर्ने घोषणा गरेका हाइड्रोपावर कम्पनीहरुमध्ये अरुण भ्याली हाइड्रोपावर, अपि पावर, भगवती हाइड्रोपावर, विन्देबासिनी हाइड्रोपावर, बुटवल पावर, चिलिमे हाइड्रोपावर, ग्रिन भेन्चर, कुथेली बुखारी स्मल हाइड्रोपावर, कालिका पावर, मान्डु हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, मन्दाकिनी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, राधी विद्युत, रुरु जलविद्युत परियोजना, साहस ऊर्जा, सानिमा माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, सुपरम हाइड्रोपावर र युनाइटेड इडी मार्दी एन्ड आरबी हाइड्रोपावरले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । यी हाइड्रोमध्ये केहीको साधारणसभा सम्पन्न भएर लाभांश समेत सूचीकृत भइसकेको अवस्था छ । केही कम्पनीको भने पुस मसान्तभित्रै साधारणसभा बोलाएका छन् ।

लाभांश दिएका २१ कम्पनीमध्ये अधिकांशको लाभांशदर गतवर्षको तुलनामा बढेको छ । तीन कम्पनीको लाभांशदर घटेको छ । कालिका पावर, चिलिमे जलविद्युत् कम्पनी र युनाइटेड इदी मर्दी एन्ड आरबीबी हाइड्रोपावरको लाभांशदर गतवर्षको तुलनामा यस वर्ष घटेको छ । यो वर्ष ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी र साहस ऊर्जाले पहिलोपटक आफ्ना सेयरधनीलाई लाभांश दिन लागेका हुन् ।

ग्रीन भेन्चर्सले २०७९ चैतमा, कुथेली बुखरीले २०८० असारमा, सुपरमाई हाइड्रोपावरले २०७९ माघमा, सगरमाथा जलविद्युत् कम्पनीले २०७९ चैतमा र साहस उर्जाले २०७८ असोजमा सर्वसाधारणलाई सेयर जारी गरेर बाँडफाँट गरेका थिए । गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीमध्ये अरुण भ्याली हाइड्रोपावर र अपि पावर कम्पनीले गतवर्ष लाभांश दिएका थिएनन् ।

हालसम्मको तथ्यांक अनुसार लाभांश नदिने हाइड्रोपावरमा पिपुल्स हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, मोदी इनर्जी, रसुवागढी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना इन्जिनीयरिङ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, दोर्दी खोला जलविद्युत् कम्पनी, हिमालयन पावर पार्टनर, भूगोल इनर्जी, दोल्ती पावर, मेन्छियाम हाइड्रोपावर र लिबटी इनर्जी छन् ।

त्यस्तै मकर जितुमाया सुरी, सानिमा मिडल तमोर, इङ्वा हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, माथिल्लो मैलुङ खोला, न्यादी हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रो, हिमालयन हाइड्रोपावर, तेह्रथुम पावर, हिमालय ऊर्जा विकास कम्पनी, अपर हेवाखोला हाइड्रोपावर, भिजन लुम्बिनी, राप्ती हाइड्रो कन्स्ट्रक्सन एन्ड जनरल र मिड सोलु हाइड्रोपावरले गत आवको मुनाफाबाट लाभांश नदिने भएका हुन् । यी सबै कम्पनीले पुस मसान्तभित्रै साधारणसभा बोलाएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal