काठमाडौं । उपकार लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएर सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्यमा ४८४ रुपैयाँले कमी आएर ४ हजार ३५६ रुपैयाँ पुगेको छ । समग्र बजार बजार परिसूचक बढ्दा पनि यो कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो । यस अघि सामुदायिक लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।
यो अवस्थामा सेयर बजार परिसूचक २३ दशमलव ०२ अंकले बढेर २६१४ दशमलव ५९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ८३ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्