काठमाडौं । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंकले बढेर बन्द भएको छ।
मंगलबार ६.१६ अंक बढेर २६४६.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २३.६५ अंक बढेर २६७०.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.१० अंक बढेको छ।
बुधबार प्रिओपन सेसनमा १०१ स्टकको १९२ पटकको कारोबारमा १ करोड ३६ लाख ३३ हजार २४८ रुपैयाँ ७० पैसाबराबरको २२ हजार ४४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७१ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया दिनुहोस्