Skip to content
Prabhu

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकभन्दा बढीले बढेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव २६ अंकले बढेको हो ।

यो सेसनको कारोबार पछि नेप्से परिसूचक २६५६ दशमलव ४९ विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २६ अंकले बढेर ४५१ दशमलव ७८ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । यो सेसनमा ५० कम्पनीका ३ हजार ८४८ कित्ता सेयर ११७ पटक खरिद बिक्री हुँदा २९ लाख ७९ हजार १६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal