काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको कारोबार हुने अन्तिम दिनको कारोबार जारी रहँदा पहिलो आधा घण्टाको अवधिमा नै यो कम्पनीको सेयर मूल्यमा सकाारत्मक कसर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ७७ रुपैयाँले बढेर ८४७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो वा घट्यो भने सर्किट लागेर कारोबार बन्द हुन्छ ।
यो अवस्थामा समग्र सेयर बजार भने ८ दशमलव १३ अंकले घटेर २६४५ दशमलव १० विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजारमा ७९ कारोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्