Skip to content
Prabhu

बिहीबार दुई फाइनान्स, हाइड्रोपावर, डेभलपमेन्ट बैंक र लघुवित्तको सेयर मूल्यमा उच्च गिरावट

nabil

काठमाडौं । बिहीबारको सेयर कारोबार बन्द हुँदा १८० कम्पनीको सेयर मूल्य घटेर बजार बन्द भयो । कारोबार रकममा सुधार आएको दिन दुई फाइनान्स कम्पनी, हाइड्रोपावर, लघुवित्त र डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक, मायाखोला हाइड्रोपावार, सामुदायिक लघुवित्त, जानकी फाइनान्स र पोखरा फाइनान्स छन् । आजको कारोबार बन्द हुँदा सबैभन्दा धेरै मूल्य सप्तकोशी डेभलपमेन्ट बैंकको घटेको छ । यो बैंकको सेयर मूल्य ९.२३ प्रतिशत अर्थात् ११७ रुपैयाँले घटेर १ हजार १५० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज मायाखोला हाइड्रोपावरको सेयर मूल्य पनि ५० रुपैयाँ ९० पैसाले घटेर ५५१ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४६ प्रतिशतले कम हो । आज सामुदायिक लघुवित्तको सेयर मूल्य पनि अघिल्लो दिनको भन्दा ७.४९ प्रतिशत अर्थात् १५५ रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज जानकी फाइनान्सको सेयर मूल्य ४६ रुपैयाँले घटेर ७१४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.०५ प्रतिशतले कम हो । पोखरा फाइनान्सको सेयर मूल्य पनि आज ३२ रुपैयाँ ६० पैसाले घटेर ५५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्द्या ५.६० प्रतिशतले कम हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal