काठमाडौं । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १६ दशमलव ५८ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनको कारोबार पछि नेप्से परिसूचक २६५१ दशमलव ६७ विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव १० अंकले बढेर ४५२ दशमलव ६५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा कारोबार भएका कम्पनीमध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको यो सेसनमा ७१ कम्पनीका २७ हाजार ५८६ कित्ता सेयर १३१ पटक खरिद बिक्री हुँदा १ करोड ७४ लाख ८५ हजार ३८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्