काठमाडौं । आइतबारको सेयर कारोबार खुल्ने वित्तिकै न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको पहिलो १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आज यो कम्पनीको सेयर मूल्य ६९ रुपैयाँले घटेर ६२१ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि वा गिरावट आएको खण्डमा सर्किट लाग्ने गर्दछ ।
यो अवस्थामा समग्र बजार परिसूचक पनि ३ दशमलव ०६ अंकले घटेर २६३२ दशमलव ०२ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्