Skip to content
Prabhu

सीजी डिजिटलले गर्यो ५ वटा नयाँ शोरुम एकैपटक उद्घाटन

nabil

काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नुहुनेछ।

global
अर्घाखाँची सिमेन्ट

 

जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनहरू उपलब्ध छन्।

आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उद्देश्यसहित शोरुम स१चालन गरिएको छ। दक्ष्य र अनुभवी Sales Person हरु बाट यहाँ भएका बिद्युतीय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्ने कम्पनीले जनाएको छ।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

नयाँ शाखाहरूमा Free Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सकिने छ।

 

नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ ! Free Delivery, Free Installation, ON Spot EMI, Exchange Offer, र Loyalty Points जस्ता सुविधाहरू पनि समावेश छन्।

यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal