काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ । सो कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज आइतबार साधारणसभा सम्पन्न भएको हो ।
कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै, साधारणसभाले १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
१५ प्रतिशत बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउँछ । सो चुक्ता पुँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ।
सो कम्पनीले ६५ मेगावाटको दूध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
साधारणसभाले सञ्चालक समितिको तर्फवाट प्रस्तुत आ।व। २०८०र८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात,२०८०र८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु पारित गरेको छ।
साधारणसभाले एक जना महिला सञ्चालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाबाट कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
उक्त कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्