काठमाडौं । आइतबारको कारोबार जारी रहँदा नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भइरहेको छ । परिसूचक घटीरहेको समयमा जम्मा ३० कम्पनीको सेयर मूल्य बढेर कारोबार भइरहेको हो । कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
आजको दिउसो साढे २ बजेसम्मको कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको हो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५३ रुपैयाँ ८० पैसाले बढेर २ हजार ७९१ रुपैयाँ ८० पैसा पुगेको छ ।
यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने २७ दशमलव ३६ अंकले घटेर २६०७ दशमलव ७२ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्