Skip to content
Prabhu

फास्ट फूड एसोसिएसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ

काठमाडौं । फास्ट फूड एसोसिएसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ चयन भएका छन् । सोमबार काठाडौंमा भएको ८ औँ राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा रामकाजी भण्डारी र नविन श्रेष्ठ चयन भएका छन् । त्यस्तै महासचिव राकेश श्रेष्ठ, सचिवहरू भीम प्रसाद आरण, कुमार भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा टेक बहादुर श्रेष्ठ चयन भएका छन् । सदस्यहरू गोपाल श्रेष्ठ , लक्ष्मी श्रेष्ठ, सुभाष श्रेष्ठ, महेन्द्र श्रेष्ठ र तुलसी श्रेष्ठ निर्वाचित भएको नवनिर्वाचित महासचिव राकेश श्रेष्ठले जानकारी दिए ।

अहिले यस संस्थामा ३०० भन्दा बढी रेष्टुरेन्ट तथा फास्ट फूड क्याफे आवद्ध छन् । रेष्टुरेन्ट तथा फास्ट फूड क्याफेका पछिल्लो समय देखिए समस्या समाधानमा केन्द्रित भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । उनले संस्थाले रेष्टुरेन्ट तथा फास्ट फूड क्याफेको गुणस्तरमा वृद्धि र व्यवसायिको हितमा काम गरिने बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal