काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेर कारोबार भइरहेको हो ।
आज सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको छ । अघिल्लो दिन सुन १ हजार २०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको थियो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५६ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।
पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपैमा बढी रहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा करोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्