काठमाडौ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बाहिरको लगानी ल्याउन नसकेको खण्डमा देशको विकास गर्न गाह्रो हुने बताएका छन् ।
आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। त्यस्तै समग्र अर्थतन्त्र चलायमान बनाउनका लागि घरजग्गा व्यवसाय चलायमान बनाउनु पर्ने उनको भनाई छ । व्यवसायलाई व्यवस्थित बनाउनका लागि महासंघको सिफारिस गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
हदबन्दी खारेज गर्नुपर्ने समय आएको उनले बताए । हामी भुमाफिया हौइनौं । हामीले आफ्नो सम्पत्ति राखेर काम गरेको उनको दाबी छ ।
व्यवस्थित बसोबास तथा सहरीकरण सम्बन्धित आयोजना सञ्चालनका लागि ल्याण्ड पुलिङ तथा पुलिङ आयोजनाका साथै ठूलाठूला सहरि बिकास आयोजनामा निजी क्षेत्रलाई गराउने विषयलाई समेटेर ऐन जारी गर्न पनि महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्