काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको कारोबार खुल्न वित्तिकै मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । कारोबार खुलेको पहिलो २० मिनेटको अवधिमा यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य १०८ रुपैयाँ ८० पैसाले घटेर ९७९ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि वा गिरावट आएमा सर्किट लागेर कारोबार बन्द हुन्छ ।
यो अवस्थामा सेयर बजार परिसूचक भने १४ दशमलव ६९ अंकले बढेर २६८० दशमलव १४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ६५ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्