काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १३८ रुपैयाँ ६० पैसाले घटेर सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य १ हजार २४७ रुपैयाँ ४० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यस अघि मन्दाकिनी हाइड्रोको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।
यो अवस्थामा सेयर बजार परिसूचक पनि १३ दशमलव ३६ अंकले घटेर २६५२ दशमलव ०८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ५ अर्ब ८४ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्