Skip to content
Prabhu

साताको सेयर बजार : नेप्से परिसूचक ५३ अंकले बढ्यो, औसत कारोबार ७ अर्ब २१ करोड

nabil

काठमाडौं । यो साता सेयर बजार परिसूचक ५३ अंकभन्दा बढीले बढेर बन्द भएको छ । यो साताको ५ दिनको कारोबार अवधिमा नेप्से परिसूचक ५३ दशमलव १४ अंकले बढेको हो । यो साताको पाँच कारोबार दिनमध्ये बिहीबार बाहेक सबै दिन सेयर बजार बढेको थियो । गत साताको बिहीबार २६०१ दशमलव २१ बिन्दुमा रहेको परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा बढेर २६५४ दशमलव ३५ बिन्दुमा पुगेको छ ।

कारोबारको हिसाबले पनि यो साता सेयर बजारमा उत्साह देखियो । पाँच दिनमा ३६ अर्ब ७ करोड ८७ लाख २६ हजार रुपैयाँको कारोबार हुँदा दैनिक औसतमा ७ अर्ब २१ करोड ५७ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

global
अर्घाखाँची सिमेन्ट

सातामा ७ करोड १० लाख ८३ हजार ४७४ कित्ता सेयर कारोबार हुँदा दैनिक औसतमा १ करोड ४२ लाख १६ हजार ६९५ कित्ता कारोबार भयो । सातामा ३ लाख ९१ हजार ४८६ पटक सेयर किनबेच हुँदा दैनिक ७८ हजार २९७ पटक सेयर किनबेच भयो ।

यो साताको सुरुवातमै आइतबार नेप्से १२ दशमलव ५८ अंकले बढेर २६०१ दशमलव २१ बिन्दुमा पुगेको थियो । त्यस्तै सोमबार नेप्से परिसूचक ६ दशमलव ७८ अंकले बढेर २६०७ दशमलव ९९ बिन्दुमा पुगेको थियो ।

त्यसैगरी मङ्गलबार पनि नेप्से ५ दशमलव ०८ अङ्कले बढेको थियो । बुधबार भने सेयर बजारमा उच्च अंकको वृद्धि भयो । यो दिन सेयर बजारमा ५२.३६ अंकले वृद्धि भएर २६६५ दशमलव ४५ बिन्दुमा पुग्यो । साताको अन्तिम दिन भने सेयर बजार घटेर बन्द भयो । बिहीबार नेप्से ११ दशमलव १० अंकले घटेर बन्द भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal