Skip to content
Prabhu

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

nabil

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले जारी गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सले माघ ९ गतेदेखि बिक्री खुला गरेको ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्रमा आजेदन दिने आज माघ १३ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । सार्वजनिक निष्कासनमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो ऋणपत्रमा घटीमा २५ कित्ता र बढीमा १ लाख २० हजार कित्ता माग गर्दै आवेदन दिन सकिनेछ। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमटेडले गर्नेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal