काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से २ दशमलव ४० अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६५ दशमलव ७५ विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५९ अंकले बढेर ४४७ दशमलव ४१ विन्दुमापुगेको छ । आजको प्रि ओपन सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आइतबारबो प्रि ओपन सेसनमा ७० कम्पनीका १५ हजार ३८८ कित्ता सेयर १५८ पटक खरिद बिक्री हुँदा २ करोड ११ ७८ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्