काठमाडौं । आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से घटे पनि आज दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त र माथिल्लो मोलुङखोला जलविद्युत् आयोजनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो । आज उपकार लघुवित्तको सेयर मूल्य ४१३ रुपैयाँ २० पैसाले बढेर ४ हजार ५४५ रुपैयाँ ३० पैसा पुगेको छ ।
त्यस्तै, माथिल्लो मोलुङ खोला जलविद्युत्को सेयर मूल्य ७६ रुपैयाँ ३० पैसाले बढेर ८३९ रुपैयाँ ३० पैसा पुगेको छ । आइतबार सेयर बजारमा धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्ब चौतारी लघुवित्त र नबिल डिबेन्चर २०८२ रहेका छन् । आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १९१ रुपैयाँले बढेर २ हजार १२४ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ९.८८ प्रतिशतले धेरै हो ।
त्यस्तै आज आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य पनि ९.६८ प्रतिशत अर्थात् १०१ रुपैयाँ १० पैसाले बढेर १ हजार १४५ रुपैयाँ पुगेको छ । नबिल डिबेन्चरको सेयर मूल्यमा पनि आज ११० रुपैयाँले वृद्धि भएर १ हजार २४८ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ९.६७ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्