काठमाडौं । आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार भयो । सेयर बजार घटेको दिन १२१ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । सेयर मूल्य घटेका कम्पनीमध्ये ४ वटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
आइतबार बोलटर्स नेपाल बालाजु, एनआईसी एसिया डिबेन्चर ०८२/८३, दोल्ती पावर कम्पनी र जानकी फाइनान्सका नकारात्मक सर्किट लागेको हो । यी चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्य १ हजार ९०० रुपैयाँ ५० पैसाले घटेर १७ हजार १०५ रुपैयाँ १० पैसामा झरेको छ ।
त्यस्तै आज एनआईसी एसिया डिबेन्चरको सेयर मूल्य ११९ रुपैयाँ ८० पैसाले घटेर १ हजार ७८ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै आज दोल्ती पावरको सेयर मूल्य ९९ रुपैया ५० पैसाले गिरावट आएर ८९५ रुपैयाँ ५० पैसा पुगेको छ ।
आइतबार जानकी फाइनान्सको सेयर मूल्यमा पनि ४७ रुपैयाँ १० पैसाको गिरावट आएर ४२३ रुपैयाँ ९० पैसा पुगेको छ । आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा धौलागिरि लघुवित्त रहेको छ । यो कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशत अर्थात् २०७ रुपैयाँले घटेर १ हजार ८८० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्