काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको २४ लाख कित्ता सेयर आइतबार सूचीकृत भएको छ । आइतबार नेसनल लघुवित्त र रुरु जलविद्युतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
आज नेसनल लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने कुल १६ लाख ६० हजार ८६८.४० कित्ता सेयर र रु रु जलविद्युतको १५ प्रतिशतले हुन आउने कुल ७ लाख ३९ हजार ९८५.४८ कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त कम्पनीहरुको सूचीकृत सेयर भोलि अर्थात सोमबारदेखि कारोबारमा आउनेछ।
प्रतिक्रिया दिनुहोस्