Skip to content
Prabhu

सेयर बजार खुलेको आधा घण्टामै तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको सेयर कारोबार खुलेको पहिलो आधाघण्टाको अवधिमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साढे ११ बजेसम्मको कारोबार जारी रहँदा बोटलर्स नेपाल बालाजु, थ्रिस्टार हाइड्रोपावर र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएमा सकारात्मक सर्किट लागेर कारोबार बन्द हुन्छ । आजको कारोबार जारी रहँदा बोटलर्स नेपालको सेयर मूल्य १ हजार ८५१ रुपैयाँ ५० पैसाले बढेर २० हजार ३६६ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य ८६ रुपैयाँ ५० पैसाले बढेर ९५१ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै आज न्यादी हाइड्रोपावरको सेयर मूल्य ६४ रुपैयाँ ३० पैसाले बढेर ७०७ रुपैयाँ ८० पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो अवधिमा समग्र सेयर बजार परिसूचक ११ दशमलव २३ अंकले बढेर २६४४ दशमलव ५० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब १५ करोड भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal