Skip to content
Prabhu

एनएमबि बैंकको ५१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता सेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर यसअघि संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर तोकिएको समयावधिसम्म संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेपछि अबभने सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुलाएको हो ।

सो सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयर खरिदका लागि निवेदन दिएपछि बिक्रेता संस्थापकसँग समन्वय गरी आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री प्रकिया अघि बढाईने बैंकले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal