Skip to content

कुचो संघको तेस्रो साधारण सभा ललितपुरमा सम्पन्न, दोस्रो राष्ट्रिय अधिवेशन झापामा हुने

काठमाडौं । नेपाल कुचो संघको तेस्रो साधारण सभा आज ललितपुरको गोदावरीमा संघका सभापति राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ। यस कार्यक्रममा प्रमुख अतिथि कृषि उद्योग केन्द्रका सभापति डि. बी. बस्नेतले कुचो संघले भविष्यमा उठाएका महत्वपूर्ण मुद्दामा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाई र नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय सदस्य टंक कट्टेलले कुचो संघले छोटो समयमै व्यवसायी र उद्यमीहरूको समस्यामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सराहना गरे ।

संघका सदस्यहरू शुरेश चौधरी र प्रदीप वाइबाले संघको उद्देश्य र कार्यप्रति आफ्नो विचार व्यक्त गरेका थिए। महासचिव धनपति पोखरेल र कोषाध्यक्ष रुष्मा खतिवडाले आफ्नो-आफ्नो प्रतिवेदन प्रस्तुत गरे जसलाई साधारण सभाले पारित गर्यो।

सो अवसरमा ४० वर्षदेखि बिरगञ्जका व्यवसायी राधाकृष्ण शाहलाई संघले सम्मानित गरेको थियो। कार्यक्रममा संघका सचिव शुशिल गौतमले स्वागत मन्तव्य राखेका थिए भने, उपाध्यक्ष रबिन्द्र खड्काले धन्यवाद ज्ञापन गरेका थिए ।

संघका अध्यक्ष राजकुमार कार्कीले आगामी संघको गतिविधिहरूको बारेमा जानकारी दिँदै, छिट्टै संघको दोस्रो राष्ट्रिय अधिवेशन झापाको धुलाबारीमा आयोजना गर्ने योजना सार्वजनिक गरे ।

कार्यक्रमको अन्त्यमा एक विशेष बनभोज कार्यक्रम आयोजना गरिएको थियो, जसको उद्घाटन हस्तनिर्मीत कुचोको डिजाईन प्रदर्शनीबाट गरिएको थियो। यस कार्यक्रमले कुचो संघको भूमिका र भविष्यको योजनालाई अझ स्पष्ट बनाएको छ, र आगामी दिनमा व्यवसायी र उद्यमीहरूको लागि थप सहकार्य र सहयोगको अवसर सिर्जना गर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T